तेस्रो पक्षको बीमा वृद्धिले निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढ्ने

१८ जेष्ठ २०८३, सोमबार १२:४३

काठमाडौं । सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको वृद्धि गरेसँगै निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढ्ने देखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमाको अधिकतम रकम १० लाख रुपैयाँ कायम गरेको हो । तेस्रो पक्ष बीमाको रकम १० लाख पुगेपछि बीमा कम्पनीको जोखिम पनि बढ्न जाने र जोखिम बढेपछि कम्पनीहरूले प्रिमियम बढाउँदा विशेष गरी सार्वजनिक यातायात, ट्रक, माइक्रो, ट्याक्सी, बस लगायतका सवारीधनी तथा व्यवसायीलाई बढी असर पर्ने देखिएको छ।

नेपाल बीमा प्राधिकरणको बैखाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले मोटर बीमामा १२ अर्ब ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । आगामी बर्ष सो निर्णय अनुसार सो रकमको पाँच गुणाले निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा वृद्धि हुने देखिएको छ।

नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदरवारले भने लामो समदेखि कार्यान्वयन नभएको बिषयमा सरकारले ध्यान दिएको छ । तर यस बिषयमा यातायातसँग सम्बन्धीत संस्थासँग पनि छलफल गनुपर्ने अपरिहार्य रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*