सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना
१८ जेष्ठ २०८३, सोमबार १३:५८

काठमाडौँ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटनामा परेको छ ।
सोमबार दिउँसो करिब १२ बजेपछि दैलेखको भैरवी गाउँपालिका–स्थित कालगौँडा भन्ने स्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने केही यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












