राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल
१८ जेष्ठ २०८३, सोमबार १५:२१

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अकंले घटेर २७५५.३७ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने बढेको छ । आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदाअ ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
बजार घटेपनि ३५ कम्पनीको शेयर मूल्य भने बढेको छ । आज नेपाल रिइन्स्योरेन्स र कालिन्चोक हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साथै, सिटिजन्स बैंक डिबेन्चर २०९०, सेन्टल फाइनान्स र सिभिल बैंक डिबेन्चरको शेयर मूल्य सर्वाधिक बढेको हो ।













