नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री रोजर्स र परराष्ट्रमन्त्री खनालबीच शिष्टाचार भेट

१८ जेष्ठ २०८३, सोमबार १६:३२

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा दशकौँदेखि कायम रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने, आर्थिक साझेदारीलाई सुदृढ बनाउने तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।

दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आएकी उपविदेशमन्त्री रोजर्सले नेपाल बसाइका दौरान विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा अमेरिकी कार्यक्रमका पूर्वविद्यार्थीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*