सात करोड ७८ लाखको भ्रष्टाचार मुद्दामा महरा धरौटीमा रिहा

१८ जेष्ठ २०८३, सोमबार १७:५७

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सारका केही अधिकृतविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले सुन तस्करीमा संलग्न व्यक्तिहरूसँगको सम्बन्ध, अवैध गतिविधिमा सहयोग तथा राज्यलाई नोक्सानी पुर्‍याएको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा अदालतले थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*