सर्वाेत्तम पेन्ट्सले जेठ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

१९ जेष्ठ २०८३, मंगलवार ०६:३७

काठमाडौं । सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले यही जेठ २८ गते बिहीबारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ८५ हजार कित्ता बाँडफाँड गरिसकेको छ।

अब बाँकी शेयरमध्ये ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

सर्वसाधारणले यही जेठ २८ गतेदेखि असार २ गते मंगलबारसम्म आवेन दिन सक्नेछन्। असार २ गतेसम्म मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने असार ११ गतेसम्म लम्बिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*