आन्तरिक ऋण परिचालनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

१९ जेष्ठ २०८३, मंगलवार १०:२५

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार उक्त विकास ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ। ऋणपत्रको बोलकबोल जेठ २० गते सञ्चालन हुने तथा चैत २१ गते निष्कासन गरिने जनाइएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*