हिमालयन रिइन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङलाई पेश्की रकम दिएको जानकारी छैनः पूर्व अध्यक्ष गोल्छा

१९ जेष्ठ २०८३, मंगलवार १२:३२

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. मा अध्यक्ष बन्ने बेला तत्कालिन अध्यक्ष शेखर गोल्छाको करिब २ प्रतिशत जति शेयर रहेको थियो ।

प्राधिकरणदेखि अख्तियारसम्म यस बिषयमा छानविन भईरहेको छ। नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई अग्रिम पेश्की रकम दिएको र पेश्की रकम दिने सम्बन्धमा भएका कुनै पनि निर्णय अध्यक्ष शेखर गोल्छाले बयान दिएका छन् ।

कम्पनीको बोर्ड बैठकमा सो पेश्की रकमको सम्बन्धमा छलफल भई अग्रिम रूपमा दिएको पेश्की रकम उठाउनका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने भनी निर्णय भएको थियो । बाँकि अध्ययन र लगानीको सम्पूर्ण जिम्मेवारी लगानी र सो सम्बन्धी कमिटिलाई दिएको थियो ।

उनले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनलाई अनुमोदन नगरेको बताएका छन् । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई अग्रिम पेश्की रकम दिने बिषयमा बोर्डमा उनले अनुमोदन नगरेको स्वीकार गरेका छन् । यस बिषयमा उनले सम्पूर्ण जानकारी कम्पनीको सिईओ उपासना पौडेललाई नै थाहा भएको बताएका छन् ।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिसँग हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट लिन बाँकी देखिएको हुँदा सो रकम जसले प्रयोग गरेको छ, उसबाट ब्याजसहित फिर्ता पाउनुपर्ने गोल्छा बताँउछन् । यसवापत आफूले कुनै लाभ नलिएको उनको भनाई छ ।

कानुन विपरीत कुनै काम गर्नु हुँदैन भन्ने मेरो मान्यता हो। मैले यस्तो कुनै अनाधिकृत निर्णयलाई अनुमोदन गरेको छैन । यस बिषयमा अध्ययन हुनु पनि आवश्यक रहेको गोल्छाको भनाई रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*