हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन

बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको खुलासा
१९ जेष्ठ २०८३, मंगलवार १५:२२

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

साथै बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको समेत पाइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समेतका प्रतिवादीहरूमाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

प्रहरीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राज बहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर अभियोग दायर गर्न सीआईबीले राय दिएको छ । अर्का व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको राय छ । जसमा अधिकाशले आफूहरुलाई यस बिषयमा अनुसन्धानमा मात्रै जानकारी पाएको जिकिर गरेका छन् ।

४० जनाभन्दा धेरै व्यक्तिहरूलाई प्रतिबादी बनाउनुपर्ने प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रहरीले उनीहरूविरुद्ध बीमा सम्बन्धी कसुरमा पाँच वर्ष कैद सजाय गर्न मागदाबी लिनुपर्ने प्रहरीले राय दिएको छ ।प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको जिल्ला सरकारी
आरोपीहरूले हिमालयन रिसँग सम्बन्धित बीमा कम्पनीहरूबाट करिब ४ अर्ब रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बीमक (बीमा गर्ने व्यक्ति) हरूले तिरेको रकम अनुमति बिना निकालेर अन्यत्र लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको उक्त प्रतिवेदनमा देखिएको छ।

हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा कम्पनीमार्फत ४ अर्ब रकम अपचलन गरेको भेटिएको छ । हिमालयन रि, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्याप सर्व, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्ड को रकम अपचलनमा मुख्य भूमिका देखिएको छ । त्यसबेला हिमालन रिको अध्यक्ष शेखर गोल्छा थिए ।

सीआईबीले बैंकिङ्ग कसुर र धितोपत्रसम्बन्धी दुई वटा छुट्टाछुट्टै कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*