बीमा सचेतनाका लागि सानिमा जिआईसी र वाइज याक सोलुसन्सबीच सम्झौता

१९ जेष्ठ २०८३, मंगलवार १७:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. का बीच कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सचेतना कार्यक्रम संचालनका लागि सम्झौता भएको छ ।

कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको निमित्त सम्झौता पत्रमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सुद्युम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा.डा. सुरेश मानन्धरबाट हस्ताक्षर सम्पन्न भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*