बीमा प्राधिकरणको अध्यक्षमा ५० जनाको आवेदन, डेपुटी गभर्नर मिश्र, बीमाविज्ञ डा. घिमिरेदेखि रायमाझीसम्म मैदानमा

१९ जेष्ठ २०८३, मंगलवार १७:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिन आज अपरान्ह ५ बजेसम्म ५० जनाले आवेदन दर्ता गराएका छन् । स्रोतका अनुसार आज अपरान्ह ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले अर्थमन्त्रालय पुगेर आवेदन दर्ता गराएका छन् ।

हालसम्म ५० जनाको आवेदन दर्ता भएको छ । ५० औं नम्वरमा रहेका आवेदकले केहीबेर अघि मात्रै आफ्नो आवेदन दर्ता गराएका हुन् ।

आवेदन दिन नेपाल राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नर बम बहादुर मिश्र आफै अर्थमन्त्रालयमा पुगेका थिए । त्यस्तै, बीमाविज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उप निर्देशक विरोध भट्टले आवेदन दर्ता गराइसकेका छन् ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरु तथा उप निर्देशकहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, बीमा क्षेत्रमा लामो समय काम गरेका युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्व कामु सिईओ रमेश कुमार भट्टराई समेतले उम्मेदवारी दर्ता गराएका छन् ।

अर्थ मन्त्रालयले ५० जना उम्मेदवारको नाम भने सार्वजनिक गरेको छैन । बीमापोष्टलाई प्राप्त सूचनाका आधारमा उम्मेदवारी दर्ता गर्नेहरुको विवरण अनुसार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी डा. राजेन्द्र पण्डित, बिष्णुबाबु मिश्र, झनकराज ढुंगेल, बुद्धकाजी श्रेष्ठ, एशियन लाइफका पूर्व कर्मचारी प्रशान्त धमला, सुरुमा रास्वपाको कार्यालय राखिएको घरबेटी सुनिल देवकोटा र बिक्रान्त पाण्डेको उम्मेदवारी परेको पत्ता लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*