प्रतिकित्ता १०० रुपैयाँमै हिमालयन पावरको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने

२० जेष्ठ २०८३, बुधबार ०६:४४

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी बसेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर जो कोही व्यक्ति, संस्था वा कम्पनी सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।

बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ भने असार ४ गतेभित्र पेश गरिसक्नु पर्नेछ। त्यस्तो बोलपत्र फाराम नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायाणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवनचोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइन र बुझाउन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*