हिमालयन पावरको हकप्रद बाँडफाँड, ४६ हजार ७६९ जनाले पाए शेयर

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले गत चैत ९ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिने ४६ हजार ७६९ जना शेयरधनीलाई ४८ लाख ५८ हजार ३४५ कित्ता हकप्रद शेयर जेठ १९ गते शेयरधनीमा बाँडफाँड भएको हो।
साथै आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी आवेदन दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम जेठ २१ गते बिहीबारदेखि कनेक्ट आईपीएस मार्फत बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।
कम्पनीले अवितरित ४ लाख ६८ हजार ७४० कित्ता शेयर जेठ २७ गतेदेखि असार ४ गतेसम्म लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।












