आज सुनको भाउ स्थिर, चाँदीको भने घट्यो
२० जेष्ठ २०८३, बुधबार १०:४४

काठमाडौं । नेपाली बजारमा आज जेठ २० गते सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
यता चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको थियो।












