रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

२० जेष्ठ २०८३, बुधबार १४:१६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा क्षेत्रीय सहकार्यबारे छलफल भएको जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका हुन्। उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*