आइपीओ निष्काशन गर्ने तयारीमा रहेको इस्टर्न साहाराको बिशेष साधारणसभा सम्पन्न

२१ जेष्ठ २०८३, बिहीबार ०७:४४

काठमाडौं । पुस मसान्तभित्रै आइपीओ निष्काशनको तयारीमा रहेको इस्टर्न साहारा कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको आइपीओ सोबनमा पाइपलाइनामा रहेको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

पूँजी वृद्धिको नयाँ प्रस्ताव पारित भएसँगै अब कम्पनीको कुल पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने भएको छ, जसमध्ये १ अर्ब ७६ करोड रुपैयाँ संस्थापक शेयर र बाँकी ४४ करोड रुपैयाँ आइपीओको रुपमा निष्काशन गर्नेछ। कम्पनीले आगामी पुस महिनाभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ भने जतिसक्दो छिटो आईपीओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न कम्पनी तदारुकताका साथ अघि बढेको छ।

कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा उनले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनाहरूमा लगानी गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए। विशेषगरी हरित लगानी, हरित अर्थतन्त्र, वातावरणीय संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै आएको यस कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन् जस्ता बहुआयामिक क्षेत्रमा आफ्ना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानी विस्तार गरिरहेको छ। सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले शेयरधनीहरूलाई उच्चतम प्रतिफल दिने लक्ष्य राखेको छ। अध्यक्ष गिरीले आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्ने र यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउने बताउँदै हरित ऊर्जा र वातावरणमैत्री परियोजनामा लगानीमार्फत आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान गर्ने लक्ष्य लिएको स्पष्ट पारे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*