दुई दिने विदाले कामकाज भद्रगोल, अर्थतन्त्र झनै सुस्त

२१ जेष्ठ २०८३, बिहीबार १०:२५

काठमाडौं । नयाँ सरकार गठन भएपछि घोषणा गरिएको दुई दिने सार्वजनिक विदाले जनताको दैनिक काम तथा सार्वजनिक निकायका सेवा प्रवाह झनै भद्रगोल हुन पुगेको छ । अझ लगातारको विदाका कारण सार्वजनिक निकाय, सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरुको कार्यहरु भद्रगोल भइरहेको छ ।

सरकारी निकायका सर्वसाधारणलाई दैनिक सेवा प्रवाह हुने क्षेत्रका अन्य थुप्रै नीतिगत निर्णयहरुमा दुई दिने विदाको प्रत्यक्ष प्रभाव परेको भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरु स्वीकार गर्दछन् ।

दुई दिने विदाको प्रत्यक्ष प्रभाव सिंहदरवारभित्रै व्यापक परिरहेको छ । पछिल्ला दिनहरुमा मन्त्रालय गाभिएर परेको कार्यबोझ र दुई विदाको प्रभावका कारण कैयौं कामहरु समयमा गर्न सकिएको छैन ।
त्यस बाहेक बैंक तथा वित्तीय क्षेत्रमा पनि दुई दिने विदाको चर्को प्रभाव परेको गुनासोहरु छन् । बैंक तथा वित्तीय क्षेत्रमा कर्जा प्रवाह तथा असुली, अन्य नीतिगत निर्णयहरुमा प्रत्यक्ष प्रभाव परेको छ । त्यस्तै, बीमा कम्पनीहरुको दावी भुक्तानी प्रक्रियामा दुई दिने विदाको कारण कैंयौं कार्यहरु पेण्डिङ रहन पुगेका छन् ।

उता, दुई दिने विदाको कारण व्यापार व्यवसाय समेत खस्किन पुगेको गुनासो उद्योग बाणिज्य महासंघमा पुगेको छ । खुद्रा व्यापारी तथा व्यापार क्षेत्रमा सक्रिय व्यक्तिहरुको गुनासो बढिरहेको छ । काठमाडौंमा व्यापार गर्दै आएका सिन्धुपाल्चोकका राजेन्द्र कुमार श्रेष्ठले पछिल्लो दुई महिनाको व्यापारले आगामी दिनमा भाडा तिरेर व्यवसाय निरञ्तरता दिन सक्नेमा आशंका जन्मिएको बताए ।

सरकारले व्यापारीमाथि गरेको धरपकड, सुकुम्बासी बस्तीमाथि गरिएको अमानवीय व्यवहारका कारण जनता यतिबेला त्रसित अवस्थामा छन् । दुई दिने विदाका प्रभावमा सर्वसाधारण तथा कामकाजी मानिसहरु घरैमा बस्ने वा बाहिर कतै घुम्न निस्कने गरेका कारण निश्चित पर्यटकीय क्षेत्र बाहेकका अन्य क्षेत्रमा व्यवसायको प्रभाव परेको हुनसक्ने अनुमान समेत गरिएको छ । यद्यपि यसको छानविन वा अनुसन्धान कुनै निकायबाट भएको भने छैन ।

औचित्यहिन दुई दिने विदाको कारण देशको अर्थतन्त्र सुस्त हुँदै जाने सम्भावना अर्थविदहरुले समेत सुरुमै औल्याएका थिए । सरकारले विदेशी शैलीमा दुई दिने विदा दिने निर्णय गरेपनि त्यसले सेवा प्रवाहको लागत बढाउने बाहेक थप केही गर्न सकेको छैन । विदेशमा दैनिक नभई प्रतिघण्टा कामको आधारमा तलव भुक्तानी हुने हुँदा दुई दिन विदाले लागत घट्ने हुन्छ । नेपाल, भारत तथा अन्य एसियाली देशहरुमा मासिक तलव भुत्ताmनीको व्यवस्था भएकोले दुई दिने विदाले वर्किङ आवर घट्ने र लागत बढ्न जाने हुन्छ । जसको असर अप्रत्यक्ष रुपमा सरकार र आम उपभोक्तालाई पर्न जाने हुन्छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*