बिवाईडीले गरेको भन्सार छली छानविन गर्न अर्थमन्त्रीले बनाए समिति

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएपछि थप छानबिनका लागि अर्थमन्त्रालयका उपसचिवकाे संयाेजकत्वमा भन्सार विभागका उपसचिव भुपालराज शाक्य सम्मिलित छानबिन समिति बनाएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी राखेर बनाईएकाे समितिलाई सवारी साधन कानुनसम्मत आए नआएको विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । बिवाईडीले भन्सारमा गाडी नआउदै सेटिङकै भरमा कागजात मात्रै बुझाएर भन्सार पास गरिएकाे थियाे ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समितिलाई फिल्डमा खटाइसकिएको र समितिको प्रतिवेदनका आधारमा अरु निर्णय हुने जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले बुधबार रातिदेखि बिहीबार बिहान मुस्ताङ, पर्वत र कास्कीका विभिन्न ठाउँबाट कोरोला नाका हुँदै भित्रिएका ती सवारी साधन नियन्त्रणमा लिएको थियो । ती सवारी साधन राति नै गन्तव्यतर्फ जाने क्रममा बाटोबाटै नियन्त्रणमा लिइएका थिए ।
अर्थ मन्त्रालयले आयात भएका सवारी साधनको भन्सार जाँचपासमा ‘कागजी फ्रड’ भयो भन्ने विषयमा थप छानबिन गर्न र स्थलगत अनुगमनका लागि भन्सार विभागमा नीति तथा सञ्चालन महाशाखाअन्तर्गत मूल्यांकन शाखा प्रमुखसमेत रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी सम्मिलित संयन्त्र गठन गरेको छ ।
विद्युतीय सवारी साधन बजेट घोषणा हुनु अगावै १४ गते भित्रिएका थिए । त्यहीमध्ये नेपाल–चीन कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधन बुधबार रातिदेखि बिहीबार बिहानसम्मको अवधिमा सशस्त्र प्रहरी बल ९एपीएफ०ले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।
भित्रिएका विद्युतीय सवारी साधनमाथि निगरानी बढाउन र आवश्यक छानबिन गर्न बुधबार नै अर्थ मन्त्रालय हुँदै गृह मन्त्रालयबाट सशस्त्रलाई निर्देशन गएको र त्यसपछि रातभर मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा तैनाथ युनिटहरूले कोरलाबाट भित्रिएका सवारी साधन नियन्त्रणमा लिएको थियो ।












