जीवन बीमा कम्पनीहरुको एकल बीमाशुल्क ५६ प्रतिशतले वृद्धिः कुनको अवस्था कस्तो ? तथ्याङ्क सहित

काठमाडौं । जीवन बीमा कम्पनीहरुको दिर्घकालीन व्यवसायका लागि घातक मानिएको एकल बीमाशुल्क जीवन बीमा पोलिसीमा जीवन बीमा कम्पनीहरु फेरि आक्रमक रुपमा अघि बढेको देखिएको छ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत आवमा एकल बीमाशुल्क जीवन बीमा पोलिसी दुई गुणाभन्दा धेरैले बिक्री भएको छ ।
जीवन बीमा कम्पनीहरुको एकल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको छ ।
गत बर्ष ७ अर्ब ८२ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा १२ अर्ब २४ करोड रुपैयाँ एकल बीमाशुल्कमार्फत भित्र्याएको छ।

यस अवधिसम्ममा हिमालयन लाइफ र सन नेपाल लाइफले भने गत बर्षको तुलनामा एकल बीमााशुल्क आर्जन घटाएको छ।
हिमालयन लाइफले गत बर्षको तुलनामा १२ प्रतिशत र सन नेपाल लाइफले ४५ प्रतिशतले घटाएको छ। सबैभन्दा बढाउनेमा आइएमई लाइफ र एलआईसी नेपाल र रिलायबल नेपाल रहेको छ।
बीमा कम्पनीहरुले बीमितको हित भन्दा पनि व्यवसायलाई प्राथमिकतामा राख्दै एकल बीमा पोलिसीको विक्री वितरणलाई जोड दिन थालेको अभिकर्ता रेश्मा ओली बतााउछन्।
‘एकल बीमामा अभिकर्तालाई धेरै कमिशन दिनु पर्दैन । बीमाशुल्क पनि एकै पटक संकलन हुने हुँदा प्रशासनिक खर्च पनि धेरै हुदैन,’ उनले भने । कम्पनीहरुले बीमितको हित भन्दा पनि तत्काल आफ्नो नाफाको व्यवसाय गर्न थालेका छन्।
एकल बीमाशुल्क जीवन बीमा पोलिसी भनेको बीमितहरुले एकै पटक बीमाशुल्क भुक्तानी गर्नै पोलिसी हो । यस्तो खालको पोलिसीमा बीमितको उमेर र बीमा अवधि अनुसार बीमाशुल्क निर्धारण गरिन्छ । यसरी निर्धारण गरिएको बीमाशुल्क बीमितले एकै पटक भुक्तानी गर्नुपर्ने हुन्छ । बीमा अवधि सकिएपछि बीमांक रकम र त्यसमा आउने बोनश बीमितले एकमुष्ट प्राप्त गर्छ ।












