युनाइटेड अजोड इन्स्योरेन्सले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर निष्कासन गर्ने

२२ जेष्ठ २०८३, शुक्रबार १०:१५

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि बैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले संस्थापक समूहतर्फ ६३ हजार ८४७ कित्ता र सर्वसाधारणतर्फको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि असार ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमानदास सडक, वीरगञ्ज–आदर्शनगर, जनकपुर–भानुकचोक, हेटौँडा–पारिजान पथ, नारायणघाट–बालकुमारी चोक, पोखरा–न्युरोड, बुटवल–मिलन चोक, नेपालगञ्ज–न्युरोड, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–शहीद गेट शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*