श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५० हजार कित्ता शेयर बिक्रीमा

२२ जेष्ठ २०८३, शुक्रबार १०:२७

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आवेदन दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*