३५ दिनभित्र कागजात नबुझाए हिमालयन एभरेष्टको दाबी फाइल बन्द हुने

२२ जेष्ठ २०८३, शुक्रबार १०:५३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २०८३ वैशाख मसान्तसम्म पर्न आएको बीमा दाबी सम्बन्धमा आवश्यक कागजात पेश गर्न र सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ।

वैशाख मसान्तसम्म परेको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेको र कतिपय बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमै नआएका कारण दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।

त्यस्ता बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय, प्रदेश वा शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ। तोकिएको म्यादभित्र पनि बीमित अपुग कागजात सहित सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले चेतावनी समेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*