एलआईसी नेपालको व्यतित बीमालेख नवीकरणमा छुट

२२ जेष्ठ २०८३, शुक्रबार १२:०३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले ‘विशेष पुनर्जागरण अभियान २०८३’ सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत व्यतित भएका बीमालेख नवीकरण गराएमा ३० हजार रुपैयाँसम्म ब्याज छुट दिइने भएको हो।

बीमितले एलआईसी नेपालबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँक्ी भई म्याद नाघेका व्यतित बीमोलखहरू नवीकरण गरेमा नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट पाउनेछन्।

कम्पनीका अनुसार ३ वर्षभन्दा कम व्यतित भएका बीमालेखमा २० प्रतिशत वा ३० हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही र ३ वर्षदेखि ५ वर्षभित्र व्यतित भएका बीमालेखमा २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही छुट पाउनेछन्।

त्यसैगरी ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ३० प्रतिशत वा १५ हजार रुपैयामध्ये जुन कम हुन्छ सोही छुट दिइने कम्पनीले जानकारी दिएको छ। तर एकपटक ब्याज छुट लिइसकेको बीमालेखमा पुनः ब्याज छुटको सुविधा प्राप्त गर्न नसकिने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*