आइएमई लाइफद्वारा सुनसरीमा वृक्षरोपण

२२ जेष्ठ २०८३, शुक्रबार १३:२१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा उक्त कार्यक्रमको आयोजना गरेको हो।

पर्यावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त वृक्षारोपण कार्यक्रममा कोशी प्रदेश क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना, प्रदेश संयोजक तथा तरहरा शाखा प्रमुख विजय खनाल सहभागीत थियो।

कार्यक्रममा कम्पनीका कर्मचारीहरूका साथै एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) विजेताहरू नवराज पौडेल, लोक बहादुर विष्ट, मोहन चौधरी र छत्रराज चौधरीको सहभागिता थियो। यसैगरी विभिन्न क्षेत्रका उत्कृष्ट अभिकर्ताहरू तथा स्थानीय सर्वसाधारणहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

उक्त वृक्षरोपण कार्यक्रमका लागि तरहरा सब–डिभिजन वन कार्यालयले फलफूलजन्य बिरुवाहरू उपलब्ध गराएर सहयोग गरेको शाखाले जनाएको छ। वातावरण दिवसको अवसरमा गरिएको यस कार्यले स्थानीय स्तरमा वातावरणीय सन्तुलन कायम राख्न र सर्वसाधारणमा पर्यावरण सम्बन्धी सचेतना जगाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*