एशियन लाइफमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२६ जेष्ठ २०८३, मंगलवार १२:२२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयका लागि अफिसर लेभलको कर्मचारी माग गरेको हो।

यसका लागि इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, इन्फरमेसन सिस्टम्स वा सम्बन्धित विषयमा ब्याचलर वा मास्टर्स गरेको हुनु पर्नेछ। साथै बीमा वा बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ।

तोकिएका अन्य योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित असार ३ गतेभित्र कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*