भद्रगोल हिसाबकिताब मिलाउदा पनि नेपाल पुनर्बीमा कम्पनी पौने ८ अर्ब घाटामा, इपीएस -५९.४९ रुपैयाँ

३१ जेष्ठ २०८३, आईतवार ०९:५४

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । भद्रगोल लेखापरिक्षणको कारण सार्वजनिक गर्न नसकेको वित्तिय विवरण बल्ल सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमासमा कम्पनीको मुनाफामा गिरावट आएको छ भने प्रतिशेयर आम्दानी .ऋणात्मक रहेको छ।

कम्पनीभित्रै असक्षम सिईओ सुरेन्द्र थापाको कारण कम्पनी यस अवस्थामा पुग्न गएको आरोप लगाईरहेको छ। सरकारी संरक्षणमा रहेको कम्पनीमा सिईओ थापाको भष्ट्रचारको कारण आज सफलताको सिढिँमा चढ्नुपर्ने कम्पनीको अवस्था दयनीय बनेको कर्मचारीहरुको भनाई रहेको छ।

कम्पनीको सिईओ निलम्बनमा परेसँगै कम्पनीको रिर्पोट सार्वजनिक भएको छ। बीमा प्राधिकरणबाट भ्यालुएटर पास भएको दुई महिनापछि चर्को दबाब पछि मात्रै कम्पनीले दोस्रो त्रैमासको रिर्पोट सार्वजनिक गरेको हो ।

यता हिमालयन रि ले तेस्रो त्रैमासको रिर्पोट सार्वजनिक गरिसक्दा पनि कम्पनीलाई भने दोस्रो त्रैमासको रिर्पोट सार्वजनिक गर्न समेत धौ-धौ परेको छ।कम्पनीले प्रकशित गरेको विवरण अनुसार २०८२ पुस मसान्तसम्म कम्पनी पौन ८ अर्ब रुपैयाँ घाटामा रहेको छ।

रिर्पोट अनुसार यस अवधिमा ७ अर्ब ९८ करोड ५१ लाख ३२ हजार खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ५३ करोड २६ लाख खुद नाफामा थियो।

२०८२ पुस मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक ५९.४९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.९७ रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने ब्याजदरमा नियमित कमी जोखिम र यसको आगामी जोखिमको प्रभाव देखिएको बताइएको छ।
जोखिम मोडेलिङको लागि अपर्याप्त प्राविधिक र बीमांकिक जनशक्तिको कारण पनि समस्या रहेको देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*