आईएमई लाइफ इन्स्योरेन्सद्वारा जेठमा ४ करोड ११ लाख दाबी भुक्तानी

१ असार २०८३, सोमबार १८:५०

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ साल जेठ महिनामा चार करोड १० लाख ९९ हजार ३९२ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार सो अवधिमा कुल १३७ वटा बीमालेखअन्तर्गत दाबी भुक्तानी गरिएको हो । कम्पनीले विभिन्न प्रकारका बीमा योजनाअन्तर्गत परेका दाबीहरूलाई समयमै प्रक्रिया पूरा गरी भुक्तानी गरिएको जनाएको छ ।

भुक्तानी गरिएको दाबी रकममा कनभेन्सनल पोलिसी, फरेन इम्प्लोयमेन्ट पोलिसी तथा माइक्रो टर्म पोलिसीलगायतका योजना समावेश छन् । यीमध्ये कनभेन्सनल पोलिसी अन्तर्गत २२ वटा दाबीबापत एक करोड चार लाख दुई हजार ४३७ रुपैयाँ, फरेन इम्प्लोयमेन्ट पोलिसीअन्तर्गत ११ वटा दाबीबापत एक करोड ४२ लाख रुपैयाँ र माइक्रो टर्म पोलिसीअन्तर्गत ९८ वटा दाबीबापत एक करोड ६५ लाख ६ हजार ९५५ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई छिटो, सरल र झन्झटरहित बनाउँदै ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*