हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा भारी छुट
२ असार २०८३, मंगलवार १०:२४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गरेमा लाग्ने ब्याज/जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ।
हिमालयन लाइफ र साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरू असार २ गतेदेखि १९ गतेसम्म नवीकरण गरेमा जतिसुकै अवधिको व्यतित बीमालेख भए तापनि ब्याज/जरिवानामा ५० प्रतिशत छुट दिइने भएको छ।
यस्तो छुट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने र छुट सुविधा मार्फत नवीकरण गराइएका बीमालेख नवीकरण भएको मितिले २ वर्षभित्र सरेण्डर भएमा छुटको रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ।













