सुदूरपश्चिममा बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तर्क्रिया कार्यक्रम

२ असार २०८३, मंगलवार ११:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तह, शैक्षिक संस्था, सञ्चार क्षेत्र, बीमक, व्यवसायी तथा अन्य सरोकारवालासँग बीमा प्रवद्र्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।

जेठ २४ गतेदेखि २९ गतेसम्म सञ्चालन भएका कार्यक्रमअन्तर्गत बैतडीको पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका, डोटीस्थित नेपाल पत्रकार महासंघ, डोटी शाखा, दिपायलमा रहेका बीमक, व्यवसायी तथा अन्य सरोकारवाला, दिपायल एकेडेमी स्कुल तथा डडेल्धुरास्थित बीमा मध्यस्थकर्ताहरूसँग बीमा सम्बन्धी सचेतना अभिवृद्धि, वित्तीय साक्षरता तथा बीमाको महत्वबारे छलफल एवं अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमहरूमा सहभागीहरूलाई बीमाको आवश्यकता, उपलब्ध सेवा तथा नागरिकको आर्थिक सुरक्षामा बीमाले पुर्‍याउने योगदानबारे जानकारी गराइएको थियो। साथै बीमा क्षेत्रको पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा बीमाप्रति सकारात्मक धारणा विकास गर्ने उद्देश्यले विभिन्न पक्षसँग सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान गरिएको आयोजकले जनाएको छ।

प्राधिकरणले यस्ता कार्यक्रमहरू मार्फत बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै बीमाको पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*