नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त
३ असार २०८३, बुधबार १०:२१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई आजकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सुम्पिएको हो।
कम्पनीका सीईओ सुरेन्द्र थापामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन्। सीईओ निलम्बनमा परेका कारण सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो।











