राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्ने
३ असार २०८३, बुधबार १३:५८

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।
कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म तीन दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो। यसका लागि असार १८ गतेसम्म निवेदन दिइसक्नु पर्नेछ।
जीवन बीमा अभिकर्ता भई काम गर्न इच्छुकले नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
यसका लागि नेपाली नागरिकताको प्रतिलिपि, प्लसटू तहको शैक्षिक योग्यताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि र ५०० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।












