बीमा क्षेत्रमा प्रवेश गरेको ६ महिनामै आइएमई लाइफकी मिना एमडिआरटी क्वालिफाईड

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर मिना मोक्तान जीवन बीमा क्षेत्रमा प्रवेश गरेको केवल ६ महिनामै विश्वभरका बीमा अभिकर्ताहरूको प्रतिष्ठित संस्था ‘मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) २०२७’ मा क्वालिफाई हुन सफल भएकी छन्।
आइएमई लाइफ इन्स्योरेन्सबाट एमडिआरटी २०२७ मा क्वालिफाई हुने अभिकर्तामध्ये उनी तेस्रो स्थानमा रहन सफल भएकी छन्। व्यक्तिगत रूपमा व्यवसायमा संलग्न रहँदै आएकी मोक्तान सामाजिक सेवाको उद्देश्यले आइएमई लाइफ इन्स्योरेन्ससँग आबद्ध भएकी हुन्।
उनी विशेषगरी बीमाको पहुँचबाट टाढा रहेकालाई जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्ने अभियानमा सक्रिय रूपमा समर्पित रहँदै आएकी छन्। मोक्तानका अनुसार जीवन बीमाप्रतिको उनको प्रतिबद्धता बीमाको व्यापक प्रचार–प्रसार गर्दै प्रत्येक नागरिकलाई बीमाको दायरामा ल्याई वित्तीय सुरक्षा सुनिश्चित गर्ने लक्ष्यमा केन्द्रित छ।











