बीमा प्राधिकरणको अध्यक्षका लागि १० पुस्ते विवरण हेरेर योग्य व्यक्ति खोज्दै छौंः अर्थमन्त्री डा. वाग्ले

३ असार २०८३, बुधबार १६:३२

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा प्राधिकरणका लागि योग्य व्यक्तिलाई ल्याउने बताएका छन् । चेम्बरको आयोजनामा ’आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ’हामीले बीमा प्राधिकरण र धितोपत्र बोर्ड जस्ता निकायहरुको नेतृत्वको लागि नयाँ व्यक्ति छानिसकेका छौं । अब वेटिङ गर्नेछौं । उनिहरूको १० पुस्ते विवरण समेत हेरेर योग्य व्यक्ति छनोट गर्नेछौं ।’

प्राधिकरणको नेतृत्वको लागि लगनशील, क्षेत्र बुझेको र अनुभब भएको व्यक्ति खोजिरहेको उनको भनाइ छ । देश रित्तिसकेको भन्दै योग्य व्यक्ति खोजी खोजी ल्याइरहेको वाग्लेले बताए।

उनले  शेयर बजार र बीमा क्षेत्रमा भएको वित्तीय अपराधलाई ध्यानमा राख्दै योग्य व्यक्ति खोजी रहेको तर्क राखे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*