इन्धनको मूल्य तत्काल घटाउन माग

४ असार २०८३, बिहीबार १२:३५

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले इन्धनको मूल्य तत्काल घटाउन सरकारसमक्ष माग गरेका छन्।

“अन्तर्राष्ट्रिय जगतमा युद्ध चलिरहेको थियो। भारतमा तेल, इन्धनको भाउ बढेन नेपालमा दोब्बर, तेब्बर इन्धनको भाउ बढ्यो।” उनले भनेका छन्।

“अहिले युद्ध समाप्त भयो तर पनि नेपालमा तेलको भाउ कम भएका छैन। त्यसकारण यो जनताको सरकार हो। जनताको लागि नै सरकार बनाइएको छ। अझैपनि तेलको मूल्य घटेन भने किसानहरूले बिना तेल र बिना इन्धनको खेतीपाती अहिलेको अवस्थामा गर्न सक्दैनन्।” उनले भने।

“त्यसकारण इन्धनलाई अहिल्यै तुरुन्तैको तरुन्त मूल्य घटाउनुपर्यो सरकारलाई मेरो आग्रह छ।” उनले सरकारसमक्ष तत्कालै इन्धनको मूल्य घटाएर आम नागरिक र किसानलाई महंगीको भारबाट मुक्त गर्न आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*