व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः ११ महिनामा निक्षेप ७ खर्बले बढ्दा कर्जा प्रवाह ३ खर्ब, कुनको कति ?

४ असार २०८३, बिहीबार १३:४१

काठमाडौँ । वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ११.०७ प्रतिशत (७ खर्ब २३ अर्ब) ले बढ्दा कर्जा प्रवाह ५.८१ प्रतिशत (२ खर्ब ८८ अर्ब) ले बढेको देखिएको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको निक्षेप ७२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेप संकनमा कुन बैंक अगाडी ?

गत आर्थिक वर्षको असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिसम्म आउँदा ११.०७ प्रतिशत अर्थात् ७ खर्ब २३ अर्ब बढेर ७२ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

सर्वाधिक निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । कम्पनीको निक्षेप ९६ अर्ब रुपैयाँले बढेर ६ खर्ब ७१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्मको अवधिमा बैंकको निक्षेप ५ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन १ खर्ब २४ अर्ब रुपैयाँले बढेर ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्ममा भने बैंकको निक्षेप संकलन ४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।

यता, नबिल बैंकको निक्षेप असार मसान्तसम्मको तुलनामा ६२ अर्बले बढेर ५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघको तथ्याङले देखाएको हो ।

असारको तुलनामा जेठ मसान्तसम्मको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४४ अर्बले बढेर ५ खर्ब २१ अर्ब, लक्ष्मी सनराइज बैंकको ४८ अर्बले बढेर ४ खर्ब २० अर्ब, कुरमाी बैंकको २७ अर्बले बढेर ३४ खर्ब ७ अर्ब, नेपाल बैंकको ५८ अर्बले बढेर ३ खर्ब ९२ अर्ब र हिमालयन बैंकको ३७ अर्बले बढेर ३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

यसअवधिमा प्रभु बैंकको निक्षेप मात्रै ३ अर्ब रुपैयाँले घटेर ३ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कर्जा प्रवाह कस्को कति ?

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ खर्ब ८८ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४९ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको हो ।

कर्जा प्रवाहमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा प्रवाह ४४ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा भने ४ खर्ब ३३ अर्बको कर्जा प्रवाह गरेको थियो ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ४ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बैंकको कर्जा प्रवाह ३३ अर्बले बढी हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ४ अर्बले बढेर ३ खर्ब ६० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३२ अर्बले बढेर ३ खर्ब ४१ अर्ब रहेको छ ।

यता, असारको तुलनामा जेठ मसान्तसम्मको अवधिमा लक्ष्मी सनराइज बैंकको कर्जा प्रवाह ३० अर्बले बढेर ३ खर्ब २१ अर्ब, कुमारी बैंकको ८ अर्बले बढेर ३ खर्ब १ अर्ब, हिमालयन बैंकको ५ अर्बले बढेर २ खर्ब ६० अर्ब रुपैयाँ, नेपाल बैंकको २३ अर्बले बढेर ३ खर्ब ५९ अर्ब, एभरेष्ट बैंकको ३० अर्बले बढेर २ खर्ब ५४ अर्ब, सिद्धार्थ बैंकको १९ अर्बले बढेर २ खर्ब ४४ अर्ब, कृषि विकास बैंकको १६ अर्बले बढेर २ खर्ब ४० अर्ब र प्राइम बैंकको १३ अर्बले बढेर २२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा आइपुग्दा प्रभु बैंकको ५ अर्ब, एनआईसी एशिया बैंकको २७ अर्ब र स्टान्र्डड चार्टड बैंकको १७ अर्बले कर्जा प्रवाह घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*