सिटिजन लाइफद्वारा जेठमा मात्रै ११ करोड ९५ लाख दाबी भुक्तानी
४ असार २०८३, बिहीबार १४:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै ११ करोड ९५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ।
चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनासम्म अर्थात् ११ महीनासम्म आफ्ना बीमितहरूलाई १ अर्ब रुपैयाँ दाबी भुक्तानी दिइसकेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले बीमितको तर्फबाट दाबी निवेदन प्राप्त हुनेबित्तिकै तत्परताका साथ लागेर शीघ्रताका साथ दाबी भुक्तानी प्रदान गरिरहेको जनाएको छ। केही दाबीहरूमा कागजात अपुग वा अन्य कुनै कारणवश ढिला हुन पुगेका बाहेक अन्य सबै दाबी भुक्तानीहरू छिटो छरितो रूपमा दाबी भुक्तानी दिइरहेको बताएको छ।











