राहदानी खरिद विवादः आरजु राणा देउवालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको म्याद

४ असार २०८३, बिहीबार १६:०४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई उपस्थित हुन म्याद जारी गरेको छ।

आयोगले बूढानीलकण्ठस्थित देउवा निवासमा तीन दिनभित्र उपस्थित भएर बयान दिनुपर्ने उल्लेख गर्दै सूचना टाँसेको जनाएको छ। आयोग स्रोतका अनुसार गत मंगलबार आरजु राणाको नाममा म्याद तामेल गरिएको हो।

बयानका लागि म्याद जारी गरिएको निवास भने अहिले प्रयोगविहीन अवस्थामा रहेको बताइएको छ। २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि उक्त घरमा ठूलो क्षति पुगेको थियो। त्यसयता भवन भत्काउने काम भइरहेको छ।

आन्दोलनका क्रममा आगलागी भएपछि देउवा दम्पतीले त्यहाँबाट सुरक्षित रूपमा बाहिरिएका थिए। त्यसपछि उनीहरू बूढानीलकण्ठस्थित निवासमा स्थायी रूपमा नबसेको बताइन्छ।

स्रोतका अनुसार देउवा दम्पती हाल नेपालबाहिर रहेका छन्। उपचारका लागि करिब चार महिनाअघि सिंगापुर गएका उनीहरू अहिलेसम्म स्वदेश फर्किएका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*