प्रहरीको पोसाक खरीदको सट्टा पैसा नै दिने तयारी

४ असार २०८३, बिहीबार १८:००

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक खरीदको सम्बन्धमा हुने गरी अनियमितता रोक्न मन्त्रालय गम्भीर रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएको प्रश्नको स्पष्टीकरण दिने क्रममा उनले प्रहरीको पोसाक खरीद गर्नुको सट्टा त्यसबापत प्रहरीलाई पैसा नै दिने बारे आफूहरूले सोचिरहेको बताएका हुन्।

“प्रहरीको पोसाकमा हामीले पहिलेदेखि सुनिआएको समस्या भनेको प्रहरीको पोसाकमा जहिले पनि टेण्डर प्रक्रियामा सेटिङ हुने कुरा थियो त्यही भएर यसपाली जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ त्यो रकम सम्बन्धित प्रहरीलाई नै दिने र उहाँले नै खरीद गर्ने भन्ने हिसाबले मन्त्रालयले सोच बनाएको छ। ताकी कुनै बिचौलियाले यसमा चलखेल गर्न नपाओस्।” उनले भनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*