आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
५ असार २०८३, शुक्रबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से इण्डेक्स १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा कायम हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ।
आज ३५३ कम्पनीहरूको १ करोड ९ लाख २२ हजार ३२५ कित्ता शेयर ६१ हजार १६९ पटक किनबेच भएका छन्। आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ र २०८४/८५ को शेयर किनबेच भएको छ।
त्यसपछि सोपान फर्मास्युटिकल्स, आँखु खोला, युनाइटेड मोदी, ८.५% नेपाल बैंक डिबेञ्चर २०८७, बुंगल हाइड्रो, सोलु हाइड्रोपावर, नबिल डिबेञ्चर २०८५ र सिटी होटलको शेयर सर्वाधिक खरीदबिक्री भएका छन्।













