सिटिजन्स बैंकको ४५ हजार कित्ता शेयर बिक्रीमा

७ असार २०८३, आईतवार १०:३३

काठमाडौँ । सिटिजन्स बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ हजार ३७१.०६ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र शेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*