झापास्थित बीवाईडी गाडीको सर्भिस सेन्टरमा आगलागी, ६० लाखको क्षति
७ असार २०८३, आईतवार १४:२२

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित बीवाईडी गाडीको सर्भिस सेन्टमा आगलागी हुँदा अन्दाजी ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिर्तामोडको पश्चिम बस स्ट्याण्ड छेवैमा सञ्चालित सर्भिस सेन्टरमा आइतबार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट विभिन्न मोटर पार्ट्सहरू जलेर नष्ट भएका छन्। यद्यपि सर्भिस सेन्टरमा रहेका गाडीहरू भने आगलागीबाट जोगिएका छन्।
बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दा समेतको मद्दतले बिहान ५ः१० बजे आगो नियन्त्रणमा आएको थियो। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











