रास्वपालाई प्रदिप ज्ञवालीको सुझावः एक्सेलेटर मात्रै थिच्दा गाडी दुर्घटना हुन्छ

७ असार २०८३, आईतवार १७:२६

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले रास्वपाको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै रास्वपाले तीव्र गतिमा मात्रै ध्यान दिंदा दुर्घटना हुन सक्ने भन्दै सचेत गराएका छन्।

उनले लोकतन्त्र सन्तुलित व्यवस्था भएको र यसमा न्यायालय, राष्ट्रपति कार्यालय र संसद कमजोर भएमा, आलोचनाका स्वर कमजोर भएमा र जनताको स्वर वेवास्ता गरिएमा स्वभाविक रूपमा त्यस्तो जनमत लामो समयसम्म नरहने बताए।

लोकतन्त्रलाई बलियो बनाउने रास्वपाकै वाचापत्रसँग मेल नखाने कतिपय घटना घटेको भन्दै त्यस्तो कुराहरू अपवाद बन्नेमा आफू विश्वस्त रहेको बताए। “गाडिमा एक्सेलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रके र एक्सेलेटरको समुचित सन्तुलन भएन भने एक्सेलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ।” उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*