देश रास्वपाको हातमा सुरक्षित छः रवि लामिछाने

७ असार २०८३, आईतवार १८:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा भइरहेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै देश अहिले रास्वपाको हातमा भएको र सुरक्षित रहेको बताएका छन्।

उनले बदलिएको परिस्थितिले आज रास्वपालाई शक्तिशाली बनाएको भन्दै शक्तिशाली बन्नुको अर्थ दम्भ देखाउने लाइसेन्स प्राप्त गर्नु नभई जनतालाई डेलिभरी दिने साधन भएको बताए। रास्वपालाई प्रतिशोध र दम्भभन्दा टाढा गएर नागरिक जिम्मेवारी बोक्ने जनमत जनताले दिएको बताए।

लोकतन्त्रका स्थायी मान्यताहरू, शक्तिपृथकीकरण, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशीता लगायत थुप्रै उपहारहरू अघिल्लो पुस्ताले दिएको भन्दै त्यसलाई माया र जगेर्ना गरेर राख्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय राजनीतिमा सबै दल ठिक हुनुपर्ने भएकाले कांग्रेस र एमालेभित्रका अप्ठ्यारालाई सुल्झाउन शुभकामना पनि दिएका छन्। रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर मात्रै लड्ने भएकाले यसमा सचेत रहन आग्रह समेत गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*