बजार घट्दा समेत सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
८ असार २०८३, सोमबार १५:१७

काठमाडौँ । शेयर बजार झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४६ अकंले घटेर २७००.६५ बिन्दुमा कायम भएको हो ।
आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज याम्बालिङ हाइड्रोपावर र टक्सार विखुवा खोलाको शेयरमा सर्किट लागेको हो ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.३३ प्रतिशत, सोपानको ५.६६ प्रतिशत र अपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।












