रास्वपा महाधिवेशन बन्दसत्र हलभित्र डा. मुकुल ढकालको फोटो

८ असार २०८३, सोमबार १६:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा भइरहेको प्रथम महाधिवेशन बन्दसत्र हलभित्र पार्टीका संस्थापक केन्द्रीय सदस्य डा। मुकुल ढकालको फोटो राखेको छ।

ढकाल हाल रास्वपामा छैनन्।उनी संस्थापक महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ता थिए।रास्वपाले प्रथम महाधिवेशनमा आफूलाई निम्ता नगरेकोमा ढकालले असन्तुष्टि जनाएका थिए।

रास्वपालाई विगतमा गाली गर्नेहरूलाई स्वागत गरिएको तर पार्टीको स्थापना गर्ने व्यक्तिलाई निम्तो नगरिएको उनको गुनासो थियो।

त्यस्तै रास्वपा स्थापना हुँदाका उपसभापति डोलप्रसाद अर्याल अहिले सभामुख छन्। उनी पार्टीमै भए पनि महाधिवेशनमा सहभागी छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*