हिमालयन रिको सञ्चालकमा सागर प्रसाद मुल्मी नियुक्त, थप दुई पद रिक्त

९ असार २०८३, मंगलवार ११:३८

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को रिक्त सञ्चालक पदमा सागर प्रसाद गुल्मी नियुक्त भएका छन्।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण शेयरधनी समूहको सञ्चालक पदमा आगामी वार्षिक साधारणसभा सम्मका लागि सागर प्रसाद मुल्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यता हिमालयन रिका संस्थापक शेयरधनी कालिका फिन्कोर्प प्रा.लि को तर्फबाट मनोनीत सञ्चालक दिपक कुमार मिश्रले सञ्चालक पदबा दिएको राजीनामा स्वीकृत भएको छ।

त्यसैगरी अर्का संस्थापक शेयरधनी टेली डिरेक्ट प्रा.लि को तर्फबाट मनोनीत सञ्चालक पृथ्वीराज थापालाई कम्पनीले फिर्ता बोलाउने र हाललाई उक्त रिक्त सञ्चालक पदमा कुनै पनि नयाँ प्रतिनिधि नपठाउने निर्णय गरेको हिमालयन रिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*