असार १३ गते दुई घण्टा नेशनल लाइफको सम्पूर्ण सेवा अवरुद्ध हुने
९ असार २०८३, मंगलवार १३:२९

काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण सेवाहरू असार १३ गते दुई घण्टाका लागि अवरुद्ध हुने भएको छ।
कम्पनीले डिजास्टर रिकभरी ड्रिल (डीआर ड्रिल) सम्बन्धी कार्य गर्नु पर्ने भएकाले असार १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म अस्थायी रूपमा सम्पूर्ण सेवा अवरुद्ध हुने बताएको छ।













