जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको झण्डै २ खर्बको कारोबार, कुनको कति ?

१० असार २०८३, बुधबार १०:४४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा झण्डै २ खर्बको व्यवसाय गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणले जेठ मसान्तसम्ममा सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ खर्ब ७३ अर्ब रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको हो ।

प्रत्येक त्रैमास र महिनामा झै जेठ महिनासम्ममा नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफको सर्वाधिक कारोबार भएके छ।

नेपाल लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै ४६ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा नेशनल लाइफले २२ अर्ब र एलआईसी नेपालले १८ अर्ब र हिमालयन लाइफले यस अवधिसम्ममा १५ अर्बको कारोकार गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*