जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क २६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको जेठ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २६.३१ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको जेठ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३९ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।
नेपाल लाइफले सबैभन्दा बढी १० अर्ब १६ करोड ८८ लाख रुपैयाँ, नेशनल लाइफले ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ, एलआईसी नेपालले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८० करोड ५६ लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ४५ करोड २० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।
त्यसपछि आईएमई लाइफले २ अर्ब २६ करोड ५६ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब १२ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ८२ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले १ अर्ब ६० करोड ९० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमाले १ अर्ब ११ करोड ७० लाख रुपैयाँ र सन नेपालले १ अर्ब ७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।













