जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क झण्डै १२ प्रतिशत बढ्यो, आइएमई र राष्ट्रिय जीवन बीमाको उच्च वृद्धि

१० असार २०८३, बुधबार ११:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन ११.६३ प्रतिशतले वृद्धि भएको छ।

गत आवको जेठ मसान्तसम्म १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेकोमा चालू आवको जेठ मसान्तसम्म बढेर १ खर्ब ३३ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ नाघेको हो। कम्पनीहरूले बीमितलाई पोलिसी बिक्री गरेपछि उक्त पोलिसी सक्रिय राख्नका लागि निश्चित अवधिसम्म नवीकरण बीमाशुल्क उठाउने गर्दछन्।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपाल लाइफले सर्वाधिक ३५ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको देखिएको छ। यस कम्पनीले गत वर्ष ३२ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो।

त्यसपछि नेशनल लाइफले १६ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ, एलआईसी नेपालले १५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले १३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ५० करोड ३९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ र एशियन लाइफले ६ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएका छन्।

त्यसैगरी सिटिजन लाइफले ५ अर्ब १४ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलयान्स लाइफले ४ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ६६ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरको आधारमा हेर्दा आइएमई लाइफको सर्वाधिक २२.६८ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २०.३० प्रतिशत, नेशनलको १८.४९ प्रतिशत, रिलायबलको १८.३६ प्रतिशत, सिटिजनको १६.८६ प्रतिशत, सन नेपालको १६.३२ प्रतिशत र सानिमा रिलायन्सको १५.०७ प्रतिशतले यस्तो बीमाशुल्क आर्जन वृद्धि भएको छ।

त्यसपछि प्रभु महालक्ष्मी लाइफको १४.७१ प्रतिशत, सूर्यज्योति लाइफको १२.६२ प्रतिशत, नेपाल लाइफको ९.७६ प्रतिशत, मेट लाइफको ८.७३ प्रतिशत, एशियन लाइफको ८.५५ प्रतिशत, हिमालयन लाइफको ४.९५ प्रतिशत र एलआईसी नेपालको ४.४७ प्रतिशतले नवीकरण बीमाशुल्क आर्जन वृद्धि भएको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*